श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुग्यो

८ बैशाख २०७६, आईतवार १२:११

बीबीसी । श्रीलंकाका झण्डै आधा दर्जन स्थानमा भएका बम विष्फोटको घटनामा परी अहिलेसम्म २५ जनाको मृत्यु भएको छ । बीबीसीले आफ्नो सिंहला सेवाका संवाददाता अज्जाम अमीनलाई उद्धृत गर्दै बम विष्फोटबाट कम्तिमा पनि २५ जनाको मृत्यु भएको बताएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार श्रीलंकाका तीन चर्च र कोलम्बोको पाँच तारे होटलसहित कम्तिमा पनि छ स्थानमा बम विष्फोट भएको छ । जस मध्ये कोलम्बोको सेन्ट एन्टोनियो चर्च पनि पर्दछ । जहाँ हजारौं मानिसहरु ईस्टरको प्रार्थनाका लागि जमा भएका थिए ।
इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सण्डे चलिरहेका बेला चर्च र होटलमा विष्फोट भएको हो । विष्फोटमा परी दुई सय मानिसहरु घाइते भएका छन् । उनीहरुको कोलम्बोका अलग अलग अस्पतालहरुमा उपचार भइरहेको छ ।