राष्ट्रियता र स्वाधिनताका सम्वन्धमा वौद्विक जगतले महत्वपूर्ण भूमिका खेल्नु पर्छः बिष्णुप्रसाद शर्मा ,

११ बैशाख २०७६, बुधबार १२:१३

काठमाण्डौं , राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान काठमाण्डौले आयोजना गरेको नेपालको राष्ट्रियता र यसका चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम ललितपुरमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि डा जगमान गुरुङ र अतिथिहरुमा सीमाविद्द बुद्दिनारायण श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्दिजीविहरुको बाक्लो उपस्थिती रहेको थियो । राष्ट्रिय सार्वभौमिकता माथि गहिरिदो संकटको चुनौति , संकटको कारण र यसको समाधानको बाटो भन्र्ने शीर्षकमा आठपानाको कार्यपत्र वामपन्थि बिश्लेषक भरत दाहालले प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रममा सहभागी नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक एवंम राजनीतिक बिश्लेषक बिष्णुप्रसाद शर्माले पत्रकार संग कुरा गदै पृथ्वीनारायण शाहको ऐतिहासिक एकिकरण प्रक्रियामा सहभागी भई साथ दिने अमर सिंह थापा लगायतको ब्यक्तित्व माथि अपमानजनक कार्यपत्र प्रस्तुत भएको छ भन्र्ने टिप्पणी गर्नु भएको थियो ।

शर्माले राष्ट्र , राष्ट्रियता र स्वाधिनताका सम्वन्धमा राष्ट्र संकटमा परिरहेका बेला वौद्दिक जगतले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा भारत र इयु लगायत पश्चिमा राष्ट्रहरु प्रति खनिनुका सट्टा आफूहरुले राष्ट्रका निम्ति के दिन सक्यौ त भन्र्ने कार्यपत्र प्रस्तुत गरेको भए देशले निकास पाउन सक्ने थियो भन्र्ने कुरा बताउनु भएको थियो ।

साथै डा केवी रोकायले राजा , सेना र हिन्दू धर्मलाई कतै नछोइकन आएको कार्यपत्रले अमर सिंह थापाको भूमिकालाई धुलिन बनाउने प्रयास भएको टिप्पणी गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतित्व वावुराम थापाले गर्नु भएको थियो ।