भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन बन्नेछः प्रचण्ड

८ बैशाख २०७६, आईतवार १३:५२

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गर्नु भएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गर्नु भएको हो ।

उहाँले आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि बेलुका पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो , ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’