पत्रकारलाई न्यूनतम तलव दिनु पर्छ , श्रमको शोषण गर्नेहरुसँग कुनै सम्झौता हुदैनः मन्त्री बास्कोटा

२७ चैत्र २०७५, बुधबार १३:४०

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रमको शोषण गर्नेहरुसँग कुनै सम्झौता नहुने बताउनु भएको छ । मन्त्री बासकोटाले पत्रकारलाई कम तलब दिनु अन्यायपुर्ण भएको बताउनु भयो ।

‘सरकारलाई झूठो विवरण देखाएर पत्रकारलाई कम तलब दिनु अन्यायपुर्ण नै हो । सरकार यस्तो अन्यायलाई स्वीकार गर्दैन । श्रमको शोषणलाई बैधानिकता दिन कम्युनिस्ट पार्टीबाट म मन्त्री भएको होइन ।’ नेपाल पत्रकार महासंघले मंगलबार सञ्चारग्राममा आयोजना गरेको ‘पत्रकारितामा श्रमको सवाल’ विषयक अन्तरक्रियामा बोल्दै उक्त कुरा बताउनु भएको हो । मन्त्री बास्कोटाले कानून बमोजिम पारिश्रमिक देऊ भन्दा प्रेस स्वतन्त्रता हनन् नहुने समेत बताउनु भयो । सञ्चार उद्यमीकै हितका लागि क्लिन फिड लागू गरेको भन्दै मन्त्री बास्कोटाले सरकार मिडिया सञ्चालक र श्रमजीवी पत्रकार दुवैको हितमा काम गर्न अग्रसर भएको समेत बताउनु भयो । आफूले २५ वर्ष सक्रिय पत्रकारिता गरेको स्मरण गर्दै मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रताको पाठ श्रम शोषण गर्नेहरुले सिकाउन आवश्यक नरहेको जिकिर समेत गर्नु भयो । स्कोटाले मिडिया हाउसले विभागमा पेश गर्ने पे रोल र पत्रकारले बैंकमा पाउने तलबमा धेरै फरक देखिएकाले वैंकमा जाने गरेको पे रोल मागिएको स्पष्ट पार्नु भयो ।