नेपाली जनता दलको अध्यक्षमा हरिचरण शाह निर्विरोध चयन

२८ चैत्र २०७५, बिहीबार १२:३६

काठमाडौं , नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुनः हरिचरण शाह चयन भएका छन् । हालै हेटौंडामा भएको २५ औं राष्ट्रिय महाधिवेशनले शाहको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

कार्यसमितिका अरु सदस्यहरुमा सरोजप्रसाद कलवार, रामबाबु राजक, रामविलाश सदाय, सुनितादेवी शाह, रामकुमार यादव, तेजनारायण चौधरी, हासिम दर्जी रहेका छन् ।
यसैगरी श्यामबाबु शाह, जयकिशोर मण्डल, रामबालक शाह, झगरु महरा, हितकुमार मगर, बेचन कुुमती, मुन्जयकुमार राउत, मनोजकुमार रौनियार, पाञ्चु शाह, राजकुमार झा, जितेन्द्रप्रसाद शाह, रामप्यारे पासवान, रघु परियार, श्रवण चौधरी र जिवछी चौधरी पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।महाधिवेशनमा देशभरका ४४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष शाहले बताए ।