देशभक्त नेपाली एकजुट बनौं

२७ चैत्र २०७५, बुधबार १८:४९

बिष्णुप्रसाद शर्मा

हाम्रो देश आज हाम्रै कारणले पराधिनको डर लाग्दो फन्दामा फसेको छ । दिनानुदिन देश संकट ग्रस्त बन्दै गईराखेको छ । सवै नेपाली जनताहरु एकजुट भई बिदेशी प्रभावको जरो उखालेर फालौं । पराधिनतामा फसेकाहरुलाई पदच्युत गरौ । उनीहरुलाई परास्त गर्न सकौं । त्यो शक्ति देशभक्त नेपाली जनतामा छ । अहिले देशमा सरकारले आम जनताले सोचे अनुसार काम गर्न सकिरहेको छैन । नेपाली जनता बर्तमान सरकारबाट निराश देखिन्छन । सरकारले देश र जनताको भाग्य र भबिश्य निर्माण गर्न सकेन । बिदेशीहरुलाई नागरिकता बाँडेर नेपाल राष्ट्रलाई सिक्किमीकरण गर्ने खतरा बढदै छ । यो देश जोगाउनका लागी देशभक्त नेपाली जनता सचेत भएर लाग्नु पर्छ । हामी देशभक्त नेपालीहरु सचेत हुन सकेनौं भने देश संकटमा पर्ने निश्चित छ । अव जागौ , नेपाली जनता उठौं , हामी नजागे सम्म नउठे सम्म देश बँचाउन सकिदैन । बिदेशीको इसरामा देश चलेको छ । बिदेशी चलखेल नेपालमा बढदो छ । यसले नेपालको भबिश्य माथि प्रश्न चिन्ह उठेको छ । स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी र बिदेशी मित्रहरुमा नयाँ बर्ष २०७६ सालको शुभकामना ।
लेखक नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।