ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

२४ चैत्र २०७५, आईतवार १५:१२

बुटवल, आज बुटवल ग्यास उद्योगको ट्रक रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा दुर्घटना भएको छ । बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा एक्कासि पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले बताएका छन् । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए ।