एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक शिक्षकसहित ६ जना पक्राउ

२१ चैत्र २०७५, बिहीबार १६:०७

सप्तरी, एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक शिक्षकसहित ६ जना पक्राउ परेका छन् । उनीहरुमाथि कारबाही सुरु भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरेर घटनामा संलग्न ब्यक्तिहरुको विवरण सार्वजनिक गरेको हो ।
स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर्याउन भूमिका खेलेको पाइएको छ । आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको बताइएको छ ।