आदिकवि भानुभक्त आचार्यको जन्मगाउँ चुँदीमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने

२३ चैत्र २०७५, शनिबार ११:१८

तनहुँ , आदिकवि भानुभक्त आचार्यको जन्मगाउँ चुँदीमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा २९ र ३० चैतमा सम्मेलन हुने भएको हो ।

‘पर्यटनका लागि साहित्य, साहित्यका लागि पर्यटन’ मूल नाराका साथ सम्मेलन हुने गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले बताए । नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन आयोजना गरेको उनको भनाइ छ ।
सम्मेलनमा भारत, म्यानमार, जापान, भुटान, बंगलादेश, चीन र नेपालका विभिन्न जिल्लाका गरी पाँच दर्जनभन्दा बढी साहित्यकारको जमघट रहने प्रतिष्ठानले जनाएको छ । सम्मेलनमा आएका साहित्यकारलाई २९ गते रानीगाउँ होमस्टेमा राखिनेछ ।