आठौँ राष्ट्रिय खेलकुद : चन्द्रकला लामगादेकाे दाेस्राे राष्ट्रिय कीर्तिमान

६ बैशाख २०७६, शुक्रबार १६:१६

बाँके – आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चन्द्रकला लामगादेले दाेस्राे राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बिहीबार सटपुटमा कीर्तिमान सुधार गरेकी उनले शुक्रबार महिला ज्याभलिन थ्रोमा अर्काे कीर्तिमानसहित स्वर्ण जितिन् ।

नेपाल पुलिस क्लबकी चन्द्रकलाले ४४ः०५ मिटर थ्रो गर्दै नयाँ कीर्तिमान बनाइन् । उनले आफ्नै नाममा रहेको ४३ः९४ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।