आजबाट कक्षा १२ को परीक्षा सुरु

१५ बैशाख २०७६, आईतवार १०:०७

भक्तपुर , राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुदैँछ । परीक्षामा कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुदैँछन् ।

आइबार सुरु हुने परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट सञ्चालन हुनेछ । उक्त परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् ।