

काठमाडौ, नेपाल आउटलाईन डटकमका सम्पादक शैलेन्द्र बस्नेत सिल्क रोड इन्टरनेसनल कल्चरल इकोनोमिक्स एण्ड ट्रेड कोअपरेसन कम्युनिकेसन अर्गनाइजेसन सिकोको पहिलो नेपाल प्रतिनिधीको रुपमा नियुक्त भएका छन् । बस्नेतलाई सिकोका महासचिव होङ होङले शनिबार काठमाडौंमा आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
सिको चीन सरकारको राष्ट्रिय रणनिती अन्तगर्तको ‘वन बेल्ट वन रोड’ परियोजनाको लक्ष्य प्राप्तिका लागि सबैभन्दा प्रभावशाली गैरसरकारी संगठन हो ।विश्वका करिव ६० देशहरु यसका संस्थापक सदस्य बनिसकेका छन् । युरोपकै वेलायत, जर्मनी, इटाली र फ्रान्स जस्ता देशहरु यसको सदस्य बन्न तयार हुनुले यसलाई निकै बलियो आधार प्रदान गरेको छ । नेपाल पनि सिल्क रोड परियोजनाको हिस्सेदारका रुपमा रहेको छ ।