

काठमाडौं , पूर्व अर्थमन्त्री रामशरण महतले मुलुकको सम्मृद्धिको लागि अंहकार छोडेर सबैसँग सहकार्य गर्न सरकारलाई सुझाव दिनु भएको छ ।
रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा उहाँले भाषण गरेर मात्रै सम्मृद्धिको बाटोमा मुलुक अघि बढ्न नसक्ने भन्दै सबैको सहयोग लिदै सहकार्य गर्न सुझाव दिनु भएको हो । उहाँले मुलुकको सम्मुन्नत विकासका लागि उद्यमशिलता, आर्थिक क्रियाकलावको वृद्धि, अवसर श्रृजना, लगानीको प्रतिफल बढाउने, शुसासन कायम गर्ने र श्रृजनशिलताको विकास गर्ने काममा सम्पुर्ण शक्ति लगाउनुपर्नेमा जोड दिनु भयो । उहाँले सरकारी लगानी निपुर्ण र दक्ष रुपमा हुन नसकेको टिप्पणी गर्नु भयो ।