देश अब समृद्धितिर जाँदैछः प्रचण्ड

१७ चैत्र २०७५, आईतवार १२:१८

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुनै डर र लोभ नभएको बताउनु भएको छ । रिपोर्टर्स क्लबको २१औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा प्रचण्डले अमेरिका भ्रमणको क्रममा आफूलाई आतंकवादीको रुपमा चित्रित गर्न गरिएको प्रयासबारे असन्तुष्टि पोखनु भयो । विदेशमा बस्ने नेपालीले त्यस्ता हर्कत गरेकोमा उहाँको थप आक्रोश थियो।

ुकतिपय मानिसले प्रचण्ड डराएको जस्तो ठान्छन्। मलाई अब कुनै डर छैन। किनकि शान्ति सम्झौता भएको छ, संविधान बनेको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ। निर्वाचन भएको छ। देश अब समृद्धितिर जाँदैछ। मलाई व्यक्तिगत रुपमा कुनै डर छैन। लोभ पनि मलाई त्यस्तो छैन, प्रचण्डले भन्नु भयो ।
ुएउटा विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा, त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नुपर्‍यो भन्नु कति तर्कसंगत छ ? प्रचण्डले प्रश्न गर्नु भयो ।