समृद्ध नेपाल , सुखी नेपालीको सबै आधार तयार भएको छः प्रधानमन्त्री ओली

१७ चैत्र २०७५, आईतवार १२:०१

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताउनु भएको छ । काठमाडौंमा आइतबार रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनु भयो ।

‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,’ उहाँले भन्नु भयो , ‘समृद्ध नेपाल , सुखी नेपालीको सबै आधार तयार भएको छ ।’

समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताउनु भयो । ‘त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढंगले सम्पन्न ग¥यौं, राष्ट्र एक ठाउमा रह्यो,’ उहाँले भन्नु भयो, ‘सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।’