यो देश अखण्ड र स्वतन्त्र रहनु पर्दछ

१७ चैत्र २०७५, आईतवार १०:४७

बिष्णुप्रसाद शर्मा

देशले सहेको पीडा

हिमवत् खण्ड नेपालको तीन सीमाना भारतसंग जोडिएको र चीनतर्फ एउटा सीमामात्रै हो भन्र्ने जो कोही नेपाली नागरिकलाई जानकारी भई नै सकेको अवस्था हो, यो समय । भौगोलिकअवस्था, साँस्कृतिक र अन्य धेरै धेरै प्रकारले पनि चीन भन्दा भारत नजिक छ भन्र्ने पनि प्रौढदेखि युवासम्मलाई जानकारी भएकै कुरा हो । अवैधानिक असंवैधानिक प्रक्रियावाट संविधान लेखिन लाग्यो भनेर तराईवासी , तर नेपाली जनताले तराई आन्दोलन गरिरहँदाकै अवस्थामा एउटा झुण्ड र युरापियन युनियनको लगानीले बिष वृक्षबाट फलको दाना लाग्यो , त्यो दानाबाट स्वादिष्ट जुस झरेन, बिषको थोपा थोपा झ—यो र सम्पूर्ण नेपाल र बिदेशसम्म त्यसको नकारात्मक प्रभाव देखिन गयो । एक ब्यक्तिले पद पाउनु ठूलो कुरा थिएन , तर देशले सहेको पीडा र जनताले भोक भोकै सुत्नु परेको पीडाले भने त्यो ब्यक्तिले यो जन्ममा मात्रै होइन, परजन्ममा पनि सुख पाउने छैन , यो अभिब्यक्ति जनताको हो , यो पंत्तिकारको कदाचित होइन ।
हो, मुलुक चलायमान रहनका लागी mभनेर नै सरकारको गठन गरिने प्रचलन बिश्वमा छ र त्यो सरकारले मुलुकभित्रका सवै किसिमका समस्याको समधान गदै जानु पर्ने दायित्व र जिम्मेवारी पनि हो र्। आएको थियो , गयो भन्दिनु ल, भनेर प्राकृतिक प्रकोप र भाइको बंश र अंशको बिषयलाई दोष दिएर छुट्कारा पाइन्छ भन्र्ने ठान्नु भनेको नपुंशकताको प्रदर्शन गरेर चोखिने उपायशिवाय केहि हुँदै होइन ।
जसले जसरी भुकेता पनि २०७२ सालमा लेखिएको संविधान नामक खेस्रा सर्वमान्य र सवै नागरिकले अपनत्व र स्वामित्व ग्रहण गर्न सकने होइन र मुलुकले निकास पाउँनै सक्दैन , अनि फेल भइसकेको अवस्था छ र सरकार पनि पूर्णरुपले फेल भएको सत्यलाई लुकाएर लुकिने अवस्था होइन । यो देश अखण्ड र स्वतन्त्र रहनु पर्दछ भन्र्ने पक्ष धेरै छन । हिजो स्वतन्त्र थियो, छ र रहिरहनु पर्दछ । पराधीन आत्मापराधरुपी केहि ब्यक्तिको महत्वाकाँक्षाले राजसंस्था , हिन्दु अधिराज्य हटाई धर्म निरपेक्षता लादिएको छ । र फिरंगीहरुको सदीयौंदेखिको सपना साकार गराउने काम भएको छ । नेपालको इतिहासमा जव राजसंस्थालाई संकट पर्दछ , तव मुलुकलाई पनि संकट परिरहेको यथार्थ नजिकबाट देखिरहेको दृश्यावलोकन गर्दा प्रष्ट भएकै छ । परिवर्तनका नाममा धेरै पटक मुलुकले धेरै पटक मुलुकले दुःख झेलिसकेको छ र २०७२ को संकट प्राकृतिक त कसैले छेक्न सक्ने भएन, भोग्नै परिगो । तर बिष वृक्षको फलबाट झरेको बिषको फैलिदो प्रभावले भने एक ब्यक्तिको महत्वाकाँक्षी पदका लागी सवै देशवासीले सहनु परेको पीडाले भने लाटो लंगडो , बहिरो र अन्धो भएको सरकार भनेर घृणा गर्नु भन्दा अर्को बिकल्प छैन । जनता आर्कोशित भएर पनि आफ्नै भाग्यलाई दोष दिएर बसेका मात्रै हुन , एक दिन बिष्फोटन हुन्छ । यो लेख राष्ट्रियता र राजनीति हिजो र आज पुस्तकबाट साभार गरिएको हो ।