प्रतिपक्षी सयुक्त विद्यार्थी संगठन द्वारा शिक्षा मन्त्रीको राजीनामा माग

१५ चैत्र २०७५, शुक्रबार १८:२०

काठमाडौं, प्रतिपक्षी सयुक्त विद्यार्थी संगठन द्वारा शिक्षा मन्त्रीको तत्काल राजीनामा र कानुनी कारबाहीको माग गरेका छन् ।एसईई परिक्षाको प्रश्नपत्र बाहिरीएको र हजारौं विद्यार्थीको भबिस्य माथी खेलवाड गरेको भन्दै शिक्षा मन्त्री, लगाएत यो कान्ड्मा जोडिएका सबैलाई राजीनामा दिन माग गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले शिक्षामन्त्रीको संरक्षणमा, मोटो रकमको लेनदेनमा प्रश्न पत्र बाहिरीने जस्तो गम्भीर अपराध भएको बताएका छन । उनले यो कान्डमा सङ्लग्न सबैलाई निलम्बनको साथै सत्य तथ्य पत्ता लगाएर कडा भन्दा कडा कारबाहीको जोडदार माग गरेका छन । यदि कारबाही नगरिए उनले बाध्य भएर आन्दोलनको मोर्चा खोल्ने बताएका छन ।