हेर्नुस् त को स्कुल फर्कियो ? भन्दै अमेरिकी दूताबासले राख्यो गगन थापा पढ्दै गरेको तस्बिर

१५ चैत्र २०७५, शुक्रबार १६:५७

अमेरिकी दूताबासको ट्विटरबाट
काठमाण्डौ ,नेपालस्थित अमेरिकी दूताबासले आफ्नो ट्विटर एकाउन्टमा ‘हेर्नुस् त को स्कुल फर्कियो ? भन्दै सांसद गगन थापाले हावर्ड युनिभर्सिटीको केनेडी स्कुलमा अध्ययन गरिरहेको तस्बिर राखेको छ । ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी फर द ट्वेन्टी फस्र्ट सेन्चुरी’ विषयक दुई हप्ते अध्ययनका लागि गगन यतिखेर अमेरिकामा छन् ।

‘म युवा रहिरहन चाहन्छु र सिकाइले मेरो मस्तिष्कलाई युवा राख्छ । यस कक्षा कोठामा मैले आफूलाई एकदमै युवा महसुस गरिरहेको छु । र म रमाइरहेको छु,’ दूतावासले गरेको अर्को ट्विटमा गगनको भनाई उद्धृत गरिएको छ ।