पूर्व सांसद सञ्जय साहलाई अन्ततः जन्मकैदको फैसला

१५ चैत्र २०७५, शुक्रबार १४:५४

काठमाडौं , जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डमा आरोप लागेका पूर्व सांसद सञ्जय साह ’लाई अन्तत जन्मकैद फैसला गरेको छ । २०६९ सालमा जनकपुरको जनकपुरधाम उपमहानगरपालिकामा मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै धर्नामा बसेका बेला बम विष्फोट भएको थियो । बम विष्फोटमा परि ५ जनाको ज्यान गएको थियो । ३२ जना घाइते भएका थिए । बम काण्डका मुख्य योजनाकार मानिने साह सद्भभावना पार्टीका पूर्व सांसद हुन् । उनी यसअघि थुनामा थिए ।