काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्ष परिचालन समिति गठन गरेको छ ।वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिबमा महामन्त्री भास्कर भद्रा रहेको मोहन श्रेष्ठले बताउनु भएको छ ।
नवगठित जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु रहेका छन् ।