

काठमाडौं, सिरहामा विज्ञान विषयको इमो प्रश्नपत्र बाहिरिएपछि २ नम्बर प्रदेशमा विज्ञान विषयको परीक्षा रद्द भएको छ । सिरहाको कलियानपु, जम्दह र डणडा सेन्टरमा विज्ञान विषयको इमो प्रश्नपत्र बाहिरिएपछि २ नम्बर प्रदेशका सम्पूर्ण जिल्लामा उक्त विषयको परीक्षा रद्द भएको हो ।
उक्त विषयको परीक्षा चैत २२ गते हुने जनाइएको छ । परीक्षामा अमर्यादित गतिविधि गरेको आरोपमा १० जना परीक्षार्थीहरुलाई अनुगमन समितिले परीक्षा केन्द्रबाट निश्कासन गरेको छ । निश्कासनमा परेका सबै परीक्षार्थीको आजको विज्ञान विषयको परीक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाई सिरहाले जनाएको छ ।