काठमाडौँ, संघीयता कार्यान्वयनका महत्वपूर्ण मानिएको कर्मचारी समायोजन पुर्ण रुपमा सकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी एक लाख ३१ कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो । बिहिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव केदार प्रसाद पनेरुले मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको जानकारी दिनु भयो ।
कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार संघमा ४८ हजार ४ सय ९ कर्मचारी, सात प्रदेशमा २२ हजार २ सय ९७ र स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी खटिने छन् ।