आईपीएलः कोलकत्ताको दोस्रो जित

१४ चैत्र २०७५, बिहीबार ११:०५

एजेन्सी , कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल मा लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा कोलकत्ताले किंग्स इलाभेन पन्जाबलाई २८ रनले हरायो ।दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९० रन मात्र बनाएको थियो । पन्जावका लागि डेविड मिलरले अविजित ५९, मायंक अग्रवालले ५८, मन्दीप सिंहले अविजित ३३, क्रिस गेलले २० र सरफराज खानले १३ रन बनाए । बलिङमा कोलकत्ताका आन्द्रे रसेलले दुई, पियुष चवला र लोकी फग्र्युसनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा दुई सय १८ रन बनाएकको थियो । कोलकत्ताका लागि अलराउण्डर प्रर्दशन गरेका आन्द्रे रसेलले ४८ रन बनाए । रोविन उथप्पाले ६७, नितिश रानाले ६३, सुनिल नारायणले २४ र क्रिस लिनले १० रन बनाए । बलिङमा पन्जाबका लागि मोहम्मद शामी, वरुण चक्रवर्ती, एन्ड्रयु टाई र हार्डस विलजोनले एक एक विकेट लिएका थिए ।