काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम १९ जना पदाधिकारी मनोनयन गरेका छन् । उनले मंगलबार २ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ महामन्त्री, ६ सहमहामन्त्री र २ सहायक महामन्त्री मनोनयन गरेका हुन । थापाले बुद्धिमान तामाङ्ग धादिङ्ग र राजीव पराजुली पर्सालाई बरिष्ठ उपाध्यक्ष बनाएका छन् । तामाङ्ग यसअघि पनि बरिष्ठ उपाध्यक्ष थिए भने पराजुली उपाध्यक्ष थिए । त्यस्तै प्रेम बहादुर भण्डारी , टंक ढकाल , नरेन्द्र बहादुर चन्द , तोरण बहादुर गुरुङ्ग , रोशन कार्की , भिम प्रसाद गौचन , र महेशलाल महासेठलाई उपाध्यक्षमा मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै महामन्त्रीमा अध्यक्ष थापाले राजेन्द्र लिङ्देन र डा।धवल शम्शेर जबरालाई मनोनयन गरेका छन् । उनीहरु यसअघि पनि महामन्त्री थिए । लिङदेन पार्टीका तर्फबाट प्रतिनिधिसभामा एक मात्र सांसद र जवरा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन । सह–महामन्त्रीमा चन्द्र बहादुर गुरुङ्ग , कुन्ती शाही , दिपक बहादुर सिंह , भक्ति प्रसाद सिटौला , अर्जुन राई , भरत रायमाझी , मनोनित भएका छन् । सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ , मदन बहादुर कार्की , तथा प्रवक्ताहरुमा सुशील श्रेष्ठ भुवन पाठक , नीलकण्ठ काफ्ले , मनोनित भएका छन् । प्रदीप कुमार उदय प्रदेश ५ को अध्यक्ष र ईन्द्र बहादुर ठकुरीलाई केन्द्रीय सदस्य पदमा मनोनयन भएको श्रेष्ठले बताए ।