विप्लव समूहलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी

११ चैत्र २०७५, सोमबार ०९:१८

अछाम , विप्लव समूहलाई लक्षित गरी अछाम, बाजुरा, डोटी र सुर्खेत जिल्लाका सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइने भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले चारै जिल्लाका सुरक्षा प्रमुखबीच सीमा सुरक्षाको बारे छलफल भइरहेको बताए ।

अछामको घुघुरकोटमा सम्पन्न चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखबीचको बैठकले सीमा क्षेत्रमा सुरक्षा जाँचलाई कडाई गर्ने निस्कर्ष निकालेको छ । ‘संविधान विरोधी गतिविधि निगरानी गर्ने बारे छलफल भएको हो, यसमा विप्लवका कार्यकर्ता पर्छन्,’ डिएसपी शाहीले, ‘अवैध हतियार ओसारपसार र आपसी सूचना आदानप्रदान बारे कुरा उठेको थियो ।’ छलफलमा विप्लव समूहलाई मात्र लक्षित गरी नभई लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन, सवारी दुर्घटनालगायत नियन्त्रणबारे समन्वय गर्न बैठक बसेको डिएसपी शाहीले बताए । बैठकले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा जाँचका क्रममा विप्लव समूहका कार्यक्रता प्रमाणित हुने कागजात भेटिए नियन्त्रणमा लिन सीमा सुरक्षा युनिटमा निर्देशन गरिएको जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकामा ्र ध्रुव बीसीले लेखनु भएको छ ।