

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताउनु भएको छ । जनताले रगत बगाएर गणतन्त्र ल्याएको भन्दै उहाँले राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिनु भएको हो ।संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनु भयो । उहाँले आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको बताउनु भयो ।