सल्यानको श्रीनगरमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा बिस्तार

१० चैत्र २०७५, आईतवार १८:०२

सल्यान, ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।शाखाको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधी र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले श्रीनगर क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । त्यसैगरी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगरमा शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्ग पहुँच नपुगेको स्थानमा समेत बैकिङ्ग पहुँच पुुर्याउने बताउनु भयो ।