

काठमाण्डौ , मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद निर्णयअनुसार निकिता पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।