होलीमा काठमाडौंमा १० सवारी दुर्घटना

७ चैत्र २०७५, बिहीबार १३:०२

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन्। दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो।महानगरीय ट्राफिक प्रहरी महाशाखाले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ । ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभाबी रुपमा सवारीसाधन चलाउने ९ सय १८ चालकलाई कारबाहीसमेत गरेको छ। तीमध्ये ९ सय ५ दुई पाङ्ग्रे र १३ चार पाङ्ग्रे सवारीसाधनका चालक कारबाहीमा परेका थिए।