काठमाण्डौ, संघिय समाजबादी फोरमका केन्द्रिय सदस्य तथा प्रचार समितिका सदस्य रामप्रसाद रिजालले संविधान संसोधन नगरेको भन्दै आपत्ती जनाउनु भएको छ । बैशाख सम्म संविधान संसोधनको मुद्धा अगाडी नबढे सरकारबाट फिर्ता हुने चेतावनी नेता रिजालले दिनु भयो । नेता रिजालले संविधान संसोधन नभए सरकारमा नबस्ने बताउनु भयो । संविधान संशोधन प्रक्रिया बैशाख सम्म अघि नबढाए सरकार छोडेर आन्दोलनको तयारी गर्ने उहाँको तर्क छ । उहाँले अदालतले संघीय सांसद तथा आदिवासी नेता रेशम चौधरी लाई जन्म कैदको फैसला सुनाएको बारे कडा टिप्पणी गर्नु भयो । नेता रिजालले थरूहट प्राप्तिको आन्दोलनमा घटेको घटना लाई आपराधिक क्यिकलापको रूपमा हेरिनु दुखद भएको बताउनु भयो । उहाँले यसलाई राजनीतिक रूपमा समाधान गर्नु पर्ने बताउनु भयो । राजनीतिक रूपमा यस घटना लाई सम्बोधन नगरे मुलुकमा पुनः अशान्ति हुने नेता रिजालले बताउनु भयो ।