
काठमाडौं , नवघोषित जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज मंगलबार सर्लाहीको लहानबाट विजय जुलुस निकाल्ने भएका छन् ।सर्लाहीको लहानबाट ११ बजे शुरु हुने कार्यक्रम १ बजे रुपनी तथा ३ बजे सप्तरीको राजबिराज पुग्ने जनाइएको छ । र्याली मंसापुर—हनुमाननगर—योगिनिया हुँदै कंकालिनी मंदिर र भारदह सम्म पुग्ने सिके राउतको आधिकारिक फेसबुक पेजमा जनाइएको छ ।उनलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
