स्थानीय तहमा कर्मचारी अभाव

५ चैत्र २०७५, मंगलवार १०:१०

नुवाकोट, सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा मात्रै पुग्यो तर कर्मचारी नपुग्दा नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ ।जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र लिखु गाउँपालिकामाआवश्यकताअनुरुप निकै कम मात्र कर्मचारी रहेका छन् ।कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानुन निर्माणमा कठिनाइ भइरहेको बताइएको छ । केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासोपनिजनप्रतिनिधिको रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।