

सिन्धुपाल्चोक।, लोकप्रिय नेत्रज्योति सञ्चार समूहको वार्षिक साधारण सभामा पाँच जना कलाकार सहित चौतारा साँगाचोकगढी नगरपालिका मेयर सम्मानित हुनुभएको छ ।
शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहमा उक्त सम्मान गरिएको हो । सम्मान कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सम्मान पत्र द्वारा सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुहुदै विकासको लागि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
‘कलाकार, पत्रकार, साहित्यकार भनेका राष्ट्रका गहना हुन्,’ तामाङले भन्नुभयो– ‘हाम्रो नगरको विकासको लागि लोकप्रिय समाचार दैनिकले गरेको सहयोग एकदमै महत्वपूर्ण छ ।’ उहाँले मानिसले पैसाको लागि मात्रै काम गर्न नहुने र सामाजिक सेवाबाट पनि राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै कलाकार, साहित्यकार एवं पत्रकारले राष्ट्रको लागि निस्वार्थ सेवा गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सञ्चार माध्यमको विकास भए मात्रै मुलुकको विकास हुने बताउनुभयो । कार्यक्रममा कवि अमित घिमिरेले वाचन गर्नुभएको निर्मलाको बलत्कापछि हत्या भएको सम्बन्धि कविताको बारेमा समेत बोल्दै प्रजिअ अधिकारीले आपूm राज्यको प्रतिनिधि भएकोले जिल्लाका हरेक गुनासा सरकारसम्म पु¥याउने काम गरिरहेको बताउनुभयो । ‘मैले झ्यालबाट हैन खुला ढोकाबाटै कविहरुको कविता सुनिरहेको छु,’ अधिकारीले भन्नुभयो– ‘साहित्यकार जहिले पनि निमुखा र पीडितको पक्षमा हुने भएकोले म पनि तपाईंहरुकै पक्षमा छु ।’
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङलाई ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । सम्मान पत्रद्धारा सम्मानित हुनेमा सिन्धुपाल्चोकमा जन्मिएर कलाकारीताको माध्यमबाट राष्ट्रको विकास र पहिचानमा सहयोग पु¥याउने कलाकारहरु शिवहरी नेपाल बैरागी, गायक तथा संगीतकार चेतन सापकोटा, जादुगर राजेन्द्र गिरी, हास्य टेलिफिल्म हर्के हल्दारकी शरु दाहाल सहित ललितपुरका कलाकार एवं निर्देशक नरेन्द्र थापा रहनुभएको छ । त्यस्तै चौतारामा साप्ताहिक रुपमा कविता सुन्ने सुनाउने अभियान सञ्चालन गरिरहेको साहित्यिक संस्था शब्द–सारथिलाई साहित्यको विकासमा गरेको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो । सोही अवसरमा शब्द सारथिका अध्यक्ष अमित घिमिरे, सचिव सुन्दर शिरीष, सदस्य हेमन प्रधान, सल्लाहकार जीवन श्रेष्ठ र शिक्षक गुणनिधि लम्सालले आ–आप्mनो रचना प्रस्तुत गर्नुभएको थियो ।
सम्मानकै क्रममा लोकप्रिय समाचार दैनिकको सुरुवातमा नै सम्पादकको रुपका काम गरी पत्रिका सञ्चालनमा पु¥याएको योगदानको कदर गर्दै सम्पादक सुन्दर शिरीषलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । सञ्चार समूहलाई सहयोग गर्नुभएका राकेश श्रेष्ठलाई पनि सो अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कलाकारको आ–आप्mनो कला प्रस्तुतीका साथै जादुगर गिरीको जादु समेत प्रदर्शन भएको थियो । हिराहरी तेक्वान्दो डोजाङ्का खेलाडीहरुको खेल प्रदर्शनले पनि कार्यक्रममा रोचकता थपेको थियो । हिराहरी तेक्वान्दो डोजाङका प्रशिक्षक रमेश गुरुङलाई पनि सम्मान गरिएको थियो ।