प्रचण्ड आज अमेरिका उड्दै

३ चैत्र २०७५, आईतवार ११:०७

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका उड्दै हुनुन्छ । पत्नी सीता दाहालको उपचारका लागि उहाँ आज साझँ अमेरिका प्रस्थान गर्ने हुनु भएको हो । उहाँसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने स्रोतले बताएको छ । पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ ।