

हेटौंडा , मकवानपुरको बर्डफ्लू प्रभावित क्षेत्रका कुखुरा नष्ट गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको उपस्थितिमा बसेको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो ।क्षतिपूर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । क्षतिपूर्तिका लागि मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो प्रतिलेयर्स ९ सय, ब्रोइलर ४ सय, दानाप्रति केजी ६५ र अण्डा प्रतिगोटा ११ रुपैयाँ मूल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई बुझाउने भएको छ ।बैठकले बर्डफ्लू संक्रमित पाइएको ७ नागश्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी ४१ हजार ५०० कुखुरा नष्ट गरिनेछ । सिमाक्षेत्र बाहिर रहेका कुखुरा फर्ममा पशु चिकित्सकको टोली परिचालन गरी रोग नियन्त्रणको लागि नमूना संकलन गर्ने र रोग प्रमाणित भए नष्ट गरिने छ ।रोग प्रभावित क्षेत्रमा फागुन १३ अगाडि एच नाइन गम्वारो, रानिखेत सहितको संक्रमण देखिएको रिपोर्ट भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको थियो ।