
दोलखा , दोलखामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ गएको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना भएको हो ।सिनो हाइड्रोले भाडामा चलाएको उक्त बसमा सवार सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक फुर्गेली शेर्पाको अनुसार दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।
