जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं , चन्दा उठाउनु नैसर्गिक अधिकारः बिप्लव

३० फाल्गुन २०७५, बिहीबार ०९:५४
dfxnhjd

काठमाडौँ ,सरकारले आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध केपी–बादल कम्पनीको कुकर्म भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले बताएको छ । प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले आफ्नो पार्टीलाई राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक र हास्यास्पद निर्णय गरेको भन्दै सरकारको निर्णयको निन्दा गरेको छ । विज्ञप्तिमा विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको उल्लेख गरेको छ । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।यस्तो छ बिप्लवले जारी गरेको बिज्ञप्ति