पार्टीको निर्णय बिना विप्लवलाई सरकारले प्रतिबन्ध लगायोः नेता नेपाल

२९ फाल्गुन २०७५, बुधबार १५:३०

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउन सरकारले गरेको निर्णय पार्टीले जिम्मा नलिने बताउनु भएको छ । खबरहबसँगको कुराकानीमा नेता नेपालले यो निर्णय पार्टीमा छलफल नै नभई भएकाले यसको जिम्मेवारी लिन नसकिने बताउनु भयो । उहाँले ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सरकारको हो भन्दै यो विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताउनु भयो । सरकारले गरेको यो निर्णयप्रति पार्टी जिम्मेवार नभएको भन्दै यसबाट सिर्जित परिस्थिति प्रति पार्टी जवाफदेही नहुने बताउनु भयो । सरकारले कुनै पनि निर्णय हतारोमा गर्न नहुने भन्दै नेता नेपालले सबै समस्याको समाधानका लागि छलफल आवश्यक रहेको बताउनु भयो । उहाँले देशमा शान्ति सुरक्षाको व्यवस्था गर्ने काम सरकारको रहेको भन्दै शान्ति र अमनचयन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।