संसद बैठक चल्न नदिने राजपा नेतृ एवं सांसद अमृता अग्रहरीकोे चेतावनी

२९ फाल्गुन २०७५, बुधबार ११:४७

काठमाडौं , राष्ट्रिय जनता पार्टी राजपाले आज बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक अवरुद्ध पारिने राजपा नेतृ एवं सांसद अमृता अग्रहरीले आयोखवरलाई बताउनु भयो । हाम्रो दलले अघिल्लो बैठकमै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भनेको थियो । ‘सरकारले प्रतिवेदन सार्वजनिक गरेन, त्यसैले आजको बैठक चल्न दिदैनौ अग्रहरीले भन्नु भयो । मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने सरकारसँग माग राख्दै आएको छ ।