
जनकपुर–सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो । सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनु भयो । प्रहरी नायव उपरीक्षक रिमालले मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको बताउनु भयो । बसमा सवारको सनाखत हुन बाँकी छ । घटनापछि अहिले राजमार्गमा यातायात ठप्प छ । घटनामा बसमा सवार केही यात्रु घाइते भएका छन् भने उनीहरुलाइ उपचारका लागि सिरहाको लहान स्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।