

काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवाहरुलाई मुलुक भित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको बताउनु भएको छ ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको बताउनु भएको हो । । उहाँले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दावी गर्नु भयो । मन्त्री विष्टले मुलुक भित्रै रोजगारीको अवसर सृजना हुने गरी दक्ष जनशक्ति उत्पादनको कामलाई पनि सरकारले व्यवस्थित ढंगले अघि बढाउने आश्वासन दिनु भयो ।