पृथकतावादी आन्दोलन समाप्त भएको छ, कसैले शंका नगरौंः प्रधानमन्त्री ओली

२६ फाल्गुन २०७५, आईतवार १४:३६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पार्नु भएको छ । उहाँले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको बताउनु भयो । सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाको दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गर्नु भयो । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दावी पनि गर्नु भयो ।