अंग्रेजी भाषाको नोबल अ वाक अवे फ्रम होमको विमोचन

२५ फाल्गुन २०७५, शनिबार १७:५७

काठमाडौं, १८ बर्सिय किशोर अनिश घिमिरेको अंग्रेजी भाषाको नोबल अवाक अवे फ्रम होमको शनिबार काठमाडौंको थापागाउ स्थित कुन्ज थिएटरमा विमोचन गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका सचिब चन्द्र घिमिरे,अंग्रेजी भाषाविद प्रोफेसर डा राजन पोख्रेल, प्रोफेसर ईन्द्र कार्की, नेपाल टेलिभिजनका पूर्व निर्देशक जिवनाथ धमला र नोबलिस्ट अनिशका पिता अशोक घिमिरेले संयुक्त रुपमा उक्त नोबलको विमोचन गर्नु भएको थियो । उक्त नोबलको विमोचन कार्यक्रममा बोल्दै सचिब घिमिरेले नेपालको साहित्य सिर्जनाको क्षेत्रमा अंग्रेजी भाषाका कृतिहरुको खडेरी रहेको अवस्थामा अ वाक अवे फ्रम होमु ले तन्नेरी पुस्ताको भावनालाई कलात्मक रुपमा प्रस्तुत गरेको र सिर्जनात्मक क्षमताका माध्यमबाट उत्कृष्ट लेखन शिल्प र शैलीका माध्यमबाट पाठकलाई बाध्न सक्ने ल्याकत राख्ने भन्दै अनिश घिमिरेको लेखनको तारिफ गर्नु भयो ।
अ वाक अवे फ्रम होमका लागि भूमिका लेखन समेत गरेका अंग्रेजी भाषाविद प्रोफेसर डा राजन पोख्रेलले किशोरवय अवस्थामा अनिश घिमिरेले लेखन गरेको कृति भाषा, शैली, शिल्प, विचार सबै हिसाबले अब्बल रहेको र अनिश घिमिरेबाट आफूले धेरै सिक्ने अवसर पाएको बताउदै उक्त पुस्तक विधालयको कोर्शमा राख्न आवश्यक र उपर्युक्त रहेको धारणा समेत राख्नु भयो ।
त्यसैगरि, प्रोफेसर ईन्द्र कार्कीले अ वाक अवे फ्रम होम नोबल सबै तह र तप्काकाले पढ्न आवश्यक रहेको बताउदै उक्त नोबलले अंग्रेजी भाषा साहित्य फाट्मा गर्विलो उपस्थिती जनाउन सक्ने संभावना प्रबल रहेको बताउनु भयो ।
नेपाल टेलिभिजनका पूर्व निर्देशक जिवनाथ धमलाले सर्जक पिता अशोक घिमिरे पुत्र अनिश पनि सिर्जनामा लाग्नु सम्योग मात्र नभई प्रेरणाको श्रोत नै रहेको आफूले अनुभुत गरेको धारणा राख्नु भयो ।
सैन्ट जेभियरका खेम प्रसाईले अक्षरको खेती नै विश्वको सबै भन्दा ठुलो र उन्नत खेती रहेको बताउदै बाल्यकालका अनुभुतीहरुलाई अक्षरको खेती मार्फत विश्वसामु बहुमुल्य सिर्जना पस्कन सके अझ राम्रो हुन्थ्यो भन्ने आफुलाई लागेको बताउनु भयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका प्रवर्धन् शाखा प्रमुखका रुपमा कार्यरत नोवलिस्ट आशिसका पिता अशोक घिमिरेले मानव जीवन अनुभुतीको पुन्ज भएको र अनिश घिमिरेको कृति मानव जीवनको अनुभुतीको मिठासपूर्ण अभिब्यक्ती रहेको बताउनु भयो ।
कार्यक्रममा उपन्यासकार अनिश घिमिरेले कल्पनाशिलताले नै सिर्जनाको उत्पत्ती गर्ने बताउदै आफू पनि कल्पनामा डुब्न रमाउने गरेको र सोही बानीले नै आफू नोबल लेखन कार्यमा संलग्न हुन सहज भएको धारणा राख्नु भयो ।