स्व श्री ५ बिरेन्द्रको २०३६ सालको जनमत संग्रह नै ऐतिहासिक भूल थियोः बिश्लेषक बिष्णु प्रसाद शर्मा,

२५ फाल्गुन २०७५, शनिबार १६:३३

काठमाण्डौ, बिश्लेषक बिष्णु प्रसाद शर्माले सरकार र सिके राउत बीच भएको राजनीतिक सहमति देशको हित बिपरित भएको बताउनु भएको छ । आयोखवर संगको फोनबार्तामा कुरा गदै शर्माले सहमतिका बुंदाहरु आपत्तिजनक रहेका र यो सहमति देशभक्त नेपालीहरुले स्वीकार गर्न नसक्ने बताउनु भयो । उहाँले बिदेशिको योजना अनुसार मधेसलाई टुक्राउन खोजेको शंका ब्यक्त गर्नु भयो । उहाँले सिके राउत बिदेशिबाट परिचालित भएको र बिदेशिको सहयोगमा अदालतबाट सफाई पाई थुनामुक्त भएको बताउनु भयो । उहाँले नेपालमा दुरदर्शि राजनेता नभएका कारण यो अवस्था ब्यहोर्नु परेको बताउनु भयो । बिपी, जिपी , सूर्य बहादुर थापा, रामराजा प्रसाद सिंह, र अहिलेका केपी , छविलाल, बाबुराम लगायतले नेपालको हितका लागी राजनीति नगरेको शर्माले आरोप लगाउनु भयो । उहाँले ब्यवस्था परिवर्तन धेरै भए, नेताहरु धेरै परिवर्तन भए तर सोच परिवर्तन हुन नसकेको बताउनु भयो । मरिचमान जस्ता देशभक्तले राजकीय सम्मान नपाउनु र रामराजा प्रसाद सिंह जस्ताले राजकीय सम्मान पाउनु कस्तो राजनीति हो भनि शर्माले प्रश्न गर्नु भयो । उहाँले शासकहरुले आफूले गरेका गल्ति जनताले गरेका हुन भन्दै जनतालाई नै दोष दिए तर जनताले सिधारुपमा यी कुरा बुझन सकेनन् त्यसैको परिणाम अहिले देखीएको बताउनु भयो । राष्ट, राष्टियता र स्वाधिनतालाई गुमाई सकेको अवस्थामा जनता प्रति उत्तरदायि हुन नसकेको यो अवस्थामा एउटा बिद्रोहीलाई राष्टिय राजनीतिको मूल धारमा ल्याउनु त उपयुक्त होला तर भोलीका दिनहरुमा हुन सक्ने गम्भिर परिणामका बारे बुझन नसक्ने प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनु पर्ने बताउनु भयो । सबै राष्टिय शक्तिहरु संग मिलेर सरकार गठन गर्ने र धर्म लगायत राजसंस्थालाई स्थान दिलाउदै पञ्चशिलको शिद्दान्त अनुसार देश चल्न सकेन भने गम्भिर परिणाम भोग्नु पर्ने शर्माले बताउनु भयो । उहाँले मधेसमा जनमत संग्रह गर्नु भनेको मधेस टुक्राउनेखेल हो भन्दै कुनै पनि बिषयमा जनमत संग्रह गर्न नहुने बताउनु भयो ।उहाँले भन्नु भयो , श्री ५ बिरेन्द्रको २०३६ सालको जनमत संग्रह नै ऐतिहासिक भूल थियो । राउतसंग भएको सहमतिलाई लिएर पार्टी भित्रै सत्तारुढ दलमै असन्तुष्टि देखीएको शर्माले बताउनु भयो । शर्माले बिगतमा राष्ट बिखण्डन गतिबिधि गदै आएका राउत र सरकार बीचको सहमतिलाई शंकास्पद रुपमा आफूले हेरेको बताउनु भयो । उहाँले सरकार र राउत बीच भएको सहमति के हो ? सरकारले प्रष्ट पार्नु पर्ने बताउनु भयो ।