
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन मन्त्री रवीन्द्र अधिकारीले बिर्सिन नसकिने काम गरेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आयोजना गरेको श्रदाञ्जलि सभामा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रूपमा उत्कृष्ट काम गरेको बताउनु भयो । उहाँले एक वर्षको कार्यकालमा अधिकीले बिर्सिन नसकिने काम गरेको बताउनु भएको हो । नेपालको संस्कृति, पर्यटन र नागरिक उड्ययनको क्षेत्रमा रवीन्द्रले दूरगामी काम गरेको भनाइ राख्नु भएको थियो । अधिकारीले बदलिएको परिस्थितिअनुसार अधिकारी सधै प्रस्तुत भएको र छोटो समयमा ठूलो सफलता हात पारेको पनि उहाँले सम्झनु भयो ।प्रधानमन्त्री ओलीले हेलिकोप्टर दुर्घटनाको समाचार सुरुमा आफूलाई पत्याउनै गाह्रो परेको बताउनु भयो । ु दिवंगत मन्त्री रवीन्द्रको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, ुछोटो समयमा मानिसले कसरी प्रगति गर्न सक्छ भन्ने उहाँ नमूना हो।ु सरकारले काम गरेको तर केही मान्छेहरूलाई आलोचना मात्रै गर्न रुची भएको र केही गरेन भन्न मात्रै रुची भएको ओलीको धारणा थियो। त्यसैगरी दिवंगत नेता भरतमोहन अधिकारीले नेपालको लोतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको प्रधानमन्त्रीले बताउनु भएको थियो । उहाँले भरतमोहनले मन्त्री, सांसद र नेताका रूपमा उत्कृष्ट काम गरेको पनि बताउनु भयो । त्यसैगरी, हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक कर्मचारी र व्यापारीको पनि नेपालको लोकतन्त्र र विकासमा ठूलो योगदान रहेको प्रधानमन्त्रीले बताउनु भयो । उहाँले सधैँ लोकतन्त्रका लागि काम गरेकाहरूको उक्त दुर्घटनामा निधन भएको बताउनु भयो । प्रधानमन्त्रीले उक्त दुर्घटनामा निधन भएका परिवारका सदस्यको जीवनयापनका लागि सरकारले उचित निर्णय गर्ने जानकारी दिनु भयो । दुर्घटनामा होनहार व्यक्तिहरूको निधन भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उनीहरूका परिवारको सरकारले रेखदेख गर्ने बताउनु भयो । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेताहरूको शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्ने बताउनु भयो । श्रदाञ्जलि सभामा बोल्दै प्रचण्डले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्ने बेला आएको बताउनु भयो । प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु ुपहाडभन्दा ग्रहुंगोु भएको बताउनु भयो । उहाँले लाखौँ जनतालाई तरंगीत पार्दै भएका निधनबाट शिक्षा लिनुपर्ने बताउनु भयो । उहाँले सबैमा दिवंगतहरूप्रति श्रदा र सम्मान पैदा भएको बताउनु भयो । उहाँले दिवंगत भएका व्यक्तिहरूका राम्रा कामबाट शिक्षा लिने र युगयुगसम्म ती काम स्थापित गर्नका लागि संकल्प गर्ने बेला आएको बताउनु भयो । उहाँले दिवंगतहरूले गरेका राम्रा कामको सही विवेक प्रयोग गरेर अगाडि बढ्न पार्टी नेता कार्यकर्ता दिवंगत परिवारका आपन्त र सबैमा आह्वान गर्नु भएको थियो । प्रचण्डले फागुन महिना शोक र श्रदाञ्जलिमा बिताउनुपरेको बताउनु भयो । ु हेलिकोप्टर दुर्घटनामा दिवंगत रवीन्द्र अधिकारीलगायत सातैजनाका परिवारलाई भेटेर आफूले धैर्य गर्न र दिवंगतहरूका सपना पूरा गर्न संकल्प लिन भनेको प्रचण्डले बताउनु भयो । दिवंगतहरूको सपना साकार पार्न योगदान गर्ने दिशामा भूमिका खेल्नुपर्छ भनेर आग्रह गरेको उहाँको भनाइ थियो। प्रचण्डले देशको राजनितिक परिस्थितिको विशिष्ट मोडमा रहेको बताउनु भयो । ठूलो राजनीतिक अवसर छ र चुनौती सँगसँगै आएको उहाँको भनाइ थियो। लामो संघर्ष र बलिदानपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा पुगेको भन्दै उहाँले रवीन्द्र र भरतमोहनले दिएको योगदान यसमा महत्वपूर्ण रहेको बताउनु भयो । उनीहरूले जीवन नै अर्पण गरेको उहाँको भनाइ थियो। प्रचण्डले सबै संसारबाट विदा हुनुपर्ने यथार्थ रहेको भन्दै राष्ट्र निर्माणमा लाग्न पनि आग्रह गर्नु भएको थियो । उहाँले अहिले पार्टी सरकार र समाज कुन दिशामा गइरहेको छ भनेर समीक्षा गर्ने बेला भएको पनि बताउनु भयो । दिवंगत सबैको सम्झनामा नेकपाले श्रदाञ्जलि सभा आयोजना गरेको हो।
