स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

२३ फाल्गुन २०७५, बिहीबार १७:४६
OLYMPUS DIGITAL CAMERA

काठमाडौं, स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ । जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई सर्वोच्चले तारेखमा रिहा गर्न आदेश दिएको हो ।
राउतलाई गैरकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।