श्यामकुमार महतोको निधन

२३ फाल्गुन २०७५, बिहीबार १३:२१

काठमाडौं , जनकपुर चुरोट कारखानाका तत्कालीन जिएम श्यामकुमार महतोको निधन भएको छ । महोत्तरी घर भई हाल काठमाडौं स्थित बसोबास रहेका सिनियर सिए महतोको बुधबार साझ ५ः३० बजे निधन भएको हो ।दिल्ली स्थित एक अस्पतालमा उपचाररत महतोको काठमाडौं स्थिति डेरामा निधन भएको हो ।उहाँका निकटतम बीरबहादुर महतोका अनुसार लिवरको समस्याबाट ग्रस्त महतो केहि हप्ता अगाडि मात्र उपचार गरेर फर्किनु भएको थियो । बिहिवार हिन्दु धर्मकर्म अनुसार पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने बीरबहादुरले बताउनु भयो । त्यसै गरी नेपाल पिछडा बर्ग महासंघका अध्यक्ष कौशल कुमार सिहंले एक प्रेसबिज्ञप्ति जारी गरि श्याम कुमार महतोको बुधवार साँझ ५ः ३० बजे निधन भएको बताउदै उहाँको आत्माको शान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दछु भन्नु भएको छ । यस्तो छ बिज्ञप्ति