

काठमाडौं, राष्ट्रिय जनता पार्टी, नेपालकी नेतृ तथा सांसद अमृता अग्रहरीले सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको फैसला मान्य नहुने चेतावनी दिनु भएको छ । आयोखवर डटकम संग कुरा गदै उहाँले जनताका प्रतिनिधिलाई जन्मकैदको फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिनु भएको हो । चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला अन्याय भएको टिप्पणी गर्दै उहाँले त्यस विरुद्ध लडने बताउनु भयो । नेतृ अग्रहरीले ‘जनताको प्रतिनिधिमाथि जन्मकैदको फैसला अन्यायपूर्ण भएकाले अव पार्टी चुपलागेर नवस्ने बताउनु भयो ।