चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाले बोलायो आकस्मिक बैठक

२२ फाल्गुन २०७५, बुधबार १६:३९

काठमाडौं , राष्ट्रिय जनता पार्टीको आकस्मिक बैठक बसेको छ। कैलालीको टीकापुर घटनाका मुख्य दोषी भनिएका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टीको आकस्मिक बैठक बसेको हो । राजपाका एक नेताले टीकापुर काण्डमा आएको अदालतको फैसालाबारे पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बसेको जानकारी दिएका छन । सांसद चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। अदालतले बुधबार चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको छ।