

काठमाडौं, प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते सनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दे एक मिनेट मौन धारण पनि गर्यो । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।